तिमी साथमा हुँदा के कमी छ मलाई
स्वर्ग चाहिँदैन नर्कमा नै ठिक छ मलाई
यमराज लिन आए तिमीलाई मलाइ लैजाऊ भनुँला
जुन दिन तिमीलाई बिर्सुँला त्यही दिन मरौँला
तिमी खुसी हुँदा मेरो घर नै उजेलो
तिम्रो अङ्गालो मा बस्दा त्यहाँ संसार नै छ आफ्नो
तिमी खुसी हुँदा मेरो घर नै उजेलो
तिम्रो अङ्गालो मा बस्दा त्यहाँ संसार नै छ आफ्नो
माया त मुखले हैन हजुरको आँखा ले बताउँछ
यो जुनी मात्रा हैन सयौँ जुनी तिम्रै हुने मन छ
जस्तै दुख परे पनि तिम्रो साथ मै रहुँला
हिउँदो होस या बर्खा जे परे नि म सहुँला
जस्तै दुख परे पनि तिम्रो साथ मै रहुँला
हिउँदो होस या बर्खा जे परे नि म सहुँला
तिमी रिसाएका पल साह्रै डर लाग्छ मलाइ
मेरो भुल अङ्गाल्दा तिम्ले रुन मन लाग्छ मलाइ