झ्याल बाट हेर्ने को हुन जुन जस्ती
हो… झ्याल बाट हेर्ने को हुन जुन जस्ती
मग मग मग बसाउने फुल जस्ती
चम चम चम चम्किएको घाम जस्तो
सिता जी लिन आको राम जस्तो
यसो आँखा के जुध्या थ्यो आँखै तिरिमिरी
बसी सक्यौ तिमी मेरो मुटु भित्रै छिरी
टल टल टल टल टलक्कै फुली टलक्कै
थाप लौ पछ्यौरी माया दिउँला अलग्गै
है थाप लौ पछ्यौरी माया दिउँला अलग्गै
टल टल टल टल टलक्कै औँठी टलक्कै
जतनै गर्ने भा माया दिउँला अलग्गै
हो जतनै गर्ने भा माया दिउँला अलग्गै
बाटुलो त्यो मुहार मा टिकी सुहाएको
छौ कि क्या हो नानी तिमी दूधले नुहाएको
हो हो बाटुलो त्यो मुहार मा टिकी सुहाएको
छौ कि क्या हो नानी तिमी दूधले नुहाएको
एकोहोरो तिम्ले हेर्दा सर्म मानेकी छु
तह लगाऊ तिम्रो नजर नत्र जानेकी छु
टल टल टल टल टलक्कै औँठी टलक्कै
आह थाप लौ पछ्यौरी माया दिउँला अलग्गै
जतनै गर्ने भा माया दिउँला अलग्गै
मन्छे राम्रो बोली राम्रो मन पक्कै छ राम्रो
मलाई पनि लाग्न थाल्यो जोडी जम्छ हाम्रो
हो हो मन्छे राम्रो बोली राम्रो मन पक्कै छ राम्रो
मलाई पनि लाग्न थाल्यो जोडी जम्छ हाम्रो
अन्त हेर्न खोजे पनि नजर त्यतै जानी
तिमी जस्तो केही छैन है मेरो मन खानि
टल टल टल टल टलक्कै फुली टलक्कै
जतनै गर्ने भा माया दिउँला अलग्गै
थाप लौ पछ्यौरी माया दिउँला अलग्गै
हो जतनै गर्ने भा माया दिउँला अलग्गै
हो हो थाप लौ पछ्यौरी माया दिउँला अलग्गै