भेडी चर्ने लेकमा हजुर माछी लेउमा
किन तिमी आउनै हुन्न मेरो छेउमा
हो… भेडी चर्ने लेकमा हजुर माछी लेउमा
किन तिमी आउनै हुन्न मेरो छेउमा
किन हुन्छौ झसङ्ग, माया लाउन म सङ्ग
किन हुन्छौ झसङ्ग, माया लाउन म सङ्ग
तिमी त्यसरी नहेर, दिन्छौ कि जोबन
दिन्छौ कि जोबन, तिम्ले बैनामा
दिन्छौ कि जोबन, तिम्ले बैनामा
तिमी मलाई हेरी हेरी हाँस्छौ मुसुक्क
बोल्दा डर लाग्छ मलाई लाजले भुतुक्क
हो… तिमी मलाई हेरी हेरी हाँस्छौ मुसुक्क
बोल्दा डर लाग्छ मलाई लाजले भुतुक्क
किन हुनु झसङ्ग, माया लाउन म सङ्ग
किन हुनु झसङ्ग, माया लाउन म सङ्ग
तिमी यसरी नहेर, दिन्छु म जोबन
दिन्छु म जोबन, तिम्लाई बैनामा
दिन्छु म जोबन, तिम्लाई बैनामा
यो मनको माया तिमी त्यो मनमा सार
मलाइ जोबन दिन्छु भनी दोधार मा नपार
हो… यो मनको माया तिमी त्यो मनमा सार
मलाइ जोबन दिन्छु भनी दोधार मा नपार
तिम्रो ढल्क्यो जोबन, मलाइ दिन्न नभन
तिम्रो ढल्क्यो जोबन, मलाइ दिन्न नभन
तिमी हेर ऐनामा, दिन्छौ कि जोबन
दिन्छौ कि जोबन, तिम्ले बैनामा
दिन्छौ कि जोबन, तिम्ले बैनामा
मुख अमिले निबुवा ले मिठो हुन्छ चिनी
तिम्ले दिए त्यो जोबन मैले पनि दिनी
हो… मुख अमिले निबुवा ले मिठो हुन्छ चिनी
तिम्ले दिए त्यो जोबन मैले पनि दिनी
मैले दिएँ जोबन, नदिए झैँ नभन
मैले दिएँ जोबन, नदिए झैँ नभन
आफैँ हेर ऐनामा, दिन्छु म जोबन
दिन्छु म जोबन, तिम्लाई बैनामा
दिन्छु म जोबन, तिम्लाई बैनामा
मेरो यो नजर सधैँ तिमी तिरै जाने
त्यसैले त मैले पनि तिमीलाई नै छानेँ
हो… मेरो यो नजर सधैँ तिमी तिरै जाने
त्यसैले त मैले पनि तिमीलाई नै छानेँ
तिम्रो ढल्क्यो जोबन, मलाइ दिन्न नभन
तिम्रो ढल्क्यो जोबन, मलाइ दिन्न नभन
तिमी हेर ऐनामा, दिन्छौ कि जोबन
दिन्छौ कि जोबन, तिम्ले बैनामा
दिन्छौ कि जोबन, तिम्ले बैनामा
तिम्रै हुँ म जमाउ हक मेरो दिलमा बसी
दायाँ बायाँ नजर लाउन पाइँदैन नि पछि
हो… तिम्रै हुँ म जमाऊ हक मेरो दिलमा बसी
दायाँ बायाँ नजर लाउन पाइँदैन नि पछि
मैले दिएँ जोबन, नदिए झैँ नभन
मैले दिएँ जोबन, नदिए झैँ नभन
आफैँ हेर ऐनामा, दिन्छु म जोबन
दिन्छु म जोबन, तिम्लाई बैनामा
दिन्छु म जोबन, तिम्लाई बैनामा