आकाश का तारा झार्दिन्थेँ मैले के माया गर्छौ र
तिम्रै छेउ डेरा सार्दिन्थेँ मैले के माया गर्छौ र
के माया गर्छौ र के माया गर्छौ र
के माया गर्छौ र के माया गर्छौ र
मदन कि मुना बन्दिन सक्छु के माया गर्छौ र
तिमीलाई चोखो मन दिन सक्छु के माया गर्छौ र
ठुला ठुला आँखा तिम्रा हेरौँ हेरौँ लाग्छ
ठुला ठुला आँखा तिम्रा हेरौँ हेरौँ लाग्छ
अङ्गालोमा तिमीलाई बेरौँ बेरौँ लाग्छ
यस्तो लाग्छ पिरमा पनि हाँसिदिन सक्छु
ह… यस्तो लाग्छ पिरमा पनि हाँसिदिन सक्छु
तिमीलाई पाए सयौँ वर्ष बाँचिदिन सक्छु
चलेको बतास छेक्दिन सक्छु के माया गर्छौ र
तिम्रो नाम दिलमा लेख्दिन सक्छु के माया गर्छौ र
कसम तिमीलाई पाउने भए देवी देउता भाक्थेँ
कसम तिमीलाई पाउने भए देवी देउता भाक्थेँ
रानी बनाई यो दिलैमा सजाएर राख्थेँ
मन परेको मान्छेको नाम हातमा लेखिँदैन
हो… मन परेको मान्छेको नाम हातमा लेखिँदैन
चोखो माया मनमा हुन्छ बाहिर देखिँदैन
सुखमा राख्छु टाढा हुँदैन के माया गर्छौ र
फूल झैँ बन्छु काँडा हुँदैन के माया गर्छौ र