कहाँ होला घरबार, कहाँ होला गाउँ
कहाँ होला घरबार, कहाँ होला गाउँ
चिठी लेखी पठाउला है, के हो तिम्रो नाउँ
चिठी लेखी पठाउला है, के हो तिम्रो नाउँ
कहाँ होला घरबार, कहाँ होला गाउँ
हिमाल चुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
हिमाल चुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
लुकि चोरी लाउछु माया, बिन्ती नभन्नु होला
लुकि चोरी लाउछु माया, बिन्ती नभन्नु होला
हिमालचुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
पानी पर्यो पानधारेमा, घाम लग्यो बरमा
पानी पर्यो पानधारेमा, घाम लग्यो बरमा
जता हेर्यो माया मात्रै, कहिले लगौ घरमा
जता हेर्यो माया मात्रै, कहिले लगौ घरमा
पानी पर्यो पानधारेमा, घाम लग्यो बरमा
फूल दिए ओइलाइजाला औँठी लैजाउ चिनो
फूल दिए ओइलाइजाला औँठी लैजाउ चिनो
भुले पाप लाग्ला है, यो सोझो ठिटो
भुले पाप लाग्ला है, यो सोझो ठिटो
कहाँ होला घरबार, कहाँ होला गाउँ