घाम झैँ बलेकी घाम झैँ बलेकी
साडी चोलो माथि छड्के रातो भलेकी
हे साडी चोलो माथि छड्के रातो भलेकी
मुहारै टल्केको मुहारै टल्केको
तिम्रो पनि शिरको टोपी ढलक्कै ढल्केको
तिम्रो पनि शिरको टोपी ढलक्कै ढल्केको
आऊ न कान्छी माया लाइदेऊ अङ्गालो मा बाँधी
पुरा हुन्छ जोडे पछि जीवन आधी आधी
यौवन मेरो कोपिलै छ दिउँला फुले पछि
जोडी बाँध्ने बेला हुन्छ बैँस झुले पछि
घाम झैँ बलेकी घाम झैँ बलेकी
साडी चोलो माथि छड्के रातो भलेकी
हो… साडी चोलो माथि छड्के रातो भलेकी
मुहारै टल्केको मुहारै टल्केको
तिम्रो पनि शिरको टोपी ढलक्कै ढल्केको
तिम्रो पनि शिरको टोपी ढलक्कै ढल्केको
ढक्क मक्क फुलेकी छ्यौ ओठमा चढ्यो लाली
बैँस पनि भइसक्यो सिउँदो मात्र खाली
हतार गरी बिहे गरे पछुताउनु पर्छ
भोलि रुनु पर्ने हो कि भन्ने मलाइ डर छ
घाम झैँ बलेकी घाम झैँ बलेकी
साडी चोलो माथि छड्के रातो भलेकी
हो… साडी चोलो माथि छड्के रातो भलेकी
मुहारै टल्केको मुहारै टल्केको
तिम्रो पनि शिरको टोपी ढलक्कै ढल्केको
तिम्रो पनि शिरको टोपी ढलक्कै ढल्केको
शिरमा तिम्रो हात राखी बाचा कसम खान्छु
दुइटा जिउ एउटै आत्मा जीवन भरी मान्छु
लगन जुरे पछि कान्छा तिमी सङ्ग जाउँला
दुवै मिली घरजम गरी हाँसी खुसी जिउँला
लौन दैव छिटै हाम्रो लगन जुराइदेऊ
हामी दुई को मनको रहर चाँडै पुर्याइदेऊ
घाम झैँ बलेकी घाम झैँ बलेकी
साडी चोलो माथि छड्के रातो भलेकी
हो साडी चोलो माथि छड्के रातो भलेकी
मुहारै टल्केको मुहारै टल्केको
तिम्रो पनि शिरको टोपी ढलक्कै ढल्केको
तिम्रो पनि शिरको टोपी ढलक्कै ढल्केको