जिन्दगी मा पहिलो पल्ट भाग्य ले जुरेको
मायालु आउँछे भनेर आज चार घण्टा कुरेको
जिन्दगी मा पहिलो पल्ट भाग्य ले जुरेको
मायालु आउँछे भनेर आज चार घण्टा कुरेको
बाठी पो रहिछे नक्कली मोरी केही पनि मानिन
नमान्या हो कि कि मैले उसलाई फकाउनै जानिन
ओइ नमान्या हो कि कि मैले उसलाई फकाउनै जानिन
निधार मा टिकी कम्पनी माला गलैमा भिरेर
देउराली देखी भेट्न लाई आएँ चार घण्टा हिँडेर
निधार मा टिकी कम्पनी माला गलैमा भिरेर
देउराली देखी भेट्न लाई आएँ चार घण्टा हिँडेर
सोझो प रहिछ नक्कले मोरो गफ लाउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ फकाउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ फकाउनै जानेन
पाकेको अम्बा बोटमै छाडि काँचोलाई झारेर
घर बारै बन्ने मन थियो तिम्लाई यो बस मा पारेर
नटोक्ने कुकुर झन् धेरै भुक्छ बाजेको उखान
भाग्य मा भाको कहीँ पनि जान्न भो चिन्ता नमान
गहिरो ताल माझी झैँ जाल लगाउनै जानिन
नमान्या हो कि कि मैले उसलाई फकाउनै जानिन
होइ नमान्या हो कि कि मैले उसलाई फकाउनै जानिन
मनको माया मुखमा ल्याई बताउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ फकाउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ फकाउनै जानेन
मसिनो चामल मुखलाई मिठो आलुको तरकारी
चाहिन्छ भन्छन् घरका मान्छे जागिर सरकारी
गिनिज बुकमा सब भन्दा पहिले मै नाम लेखौँला
व्यापारी बनी यो देशको धनी बनेर देखाउँला
जे परि परि हिम्मत गरी भगाउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ फकाउनै जानेन
यो जोबन त्यतै दिएर बस्थेँ फकाउनै जानेन
बाठी पो रहिछे नक्कली मोरी केही पनि मानिन
नमान्या हो कि कि मैले उसलाई फकाउनै जानिन
ओइ नमान्या हो कि कि मैले उसलाई फकाउनै जानिन