हेरिरहूँ जस्तो तिम्रो त्यो मुहार
मनै लोभ्याउने तिम्रो त्यो नजर
हेरिरहूँ जस्तो तिम्रो त्यो मुहार
मनै लोभ्याउने तिम्रो त्यो नजर
तिमी हाँस्दा यो मन रमायो हो..
तिमी हाँस्दा यो मन रमायो ओ..
हिजो आज चारैतिर खुसी नै खुसी छायो
दिन नयाँ रात नयाँ नयाँ छ साँझ यो
कता कता मनले भन्छ कि यो माया नै हो
दिन नयाँ रात नयाँ नयाँ छ साँझ यो
कता कता मनले भन्छ कि यो माया नै हो
आएर बसिदेउ मेरो यो मुटुको छेउ
खोजिरहन्छ तिमीलाई किन किन मेरो मन
आएर बसिदेउ मेरो यो मुटुको छेउ
खोजिरहन्छ तिमीलाई किन किन मेरो मन
हराउँछु आज भोलि किन हो तिमी नै भन
आकाश को रङ्ग बद्लिँदै आयो ओ….
हावाको ढङ्ग बद्लिन थाल्यो ओ…
यो मन सङ्ग त्यो मनले भनिसके
मन सङ्ग मन त्यो घुल्न थाल्यो
दिन नयाँ रात नयाँ नयाँ छ साँझ यो
कता कता मनले भन्छ कि यो माया नै हो
दिन नयाँ रात नयाँ नयाँ छ साँझ यो
कता कता मनले भन्छ कि यो माया नै हो